Sunday, June 28News That Matters

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ३ गते ।

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भेटिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुगेको छ ।

प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएका परीक्षणमा कालिकोटका १४ जना र दैलेख र सुर्खेतका २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

उक्त संक्रमित मध्ये ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । दैलेखको महाबु गाउँपालिकामा रहेको आइसोलेशन सेन्टरबाट १ सय ६, नारायण क्याम्पसमा रहेको आइसोलेशन र जिल्ला अस्पताल दैलेखबाट ४३ जना, प्रदेश अस्पताल सुर्खेतबाट ३ जना निको भएर घर गएको जनाईएको छ ।

योसँगै कोरोना मुक्त हुनेको संख्या ४ सय ९४ पुगेको छ ।