Thursday, August 6News That Matters

कविता : दशैं

आयो फेरि दशैं घुमेर महिना ,यो सालको तर्खर ।
रंगीच्ंगी सिँगारी रूप घरको, रौनक वड्यो घर्घर।
वाला वृध्द वयश्क छन् सव खुसी, आयने महा चाड यो।
नेपाली मनको महान दिन हो,कैल्यै नभुल्ने छ यो।१।

टीका अग्रजको लगाइ जमरा ,स्वीरेर टोपी मुनि।
कोशेली लिइ मावली र ससुराल् ,जाईन्छ हर्षै वुनी।
भेट्घाट्को क्षण हो परै रहेपनि,भेट्गर्छ यो चाडले।
पालो आपसमा मिलाइ हिडिने,मान्भेटको रागले।२।

वाटीपिङ् खरको जुटेर सबले,जोडेर लिंगा सवै।
गाऊका विचमा मिलेर ठडिने ,वेरेर काम्टा दुवै।
खेलिन्छन् जब सर्सरी रहरले,लट्ठै छ मन्कामना।
वोली आवज हुर्रको छ सररै,पाएर आनन्दना।३।

घन्कन्छन् अनि मादलू घनघनी,नाँचेर चेलीहरू।
भाका हालि नयाँ फुरुक्क दिलले,चुर्लुम्व हुन्छन् वरु।
जोडी दौतरि दोरि खेल्छ रसिलो ,पिङ्खेल्छ दोरी उति।
विर्सीसक्नु हुदैन चाड रमिता,सम्झी रहीने कति।४।
घाशे