Sunday, June 28News That Matters

कांग्रेस सांसद छन्त्यालको असामयिक निधन

पूर्णपुष्टि, असार १७

आज सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा असामयिक निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया सांसद छन्त्याल  गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो ।

कांग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको विहान निधन भएको हो ।