Monday, May 4News That Matters

काठमाडौंमा एक महिलाको हत्या

पूर्णपुष्टि, १६ साउन ।
काठमाडौंको बुढानीलकण्ठमा एक जना महिलाको हत्या भएको छ । बुढानीलकण्ठ नगरपालिका(४ भसन्थलीमा एक जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ।

सप्तरी घर भई भसन्थली बस्ने ३८ वर्षीया अनिता चौधरीको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय गौरा सिंह बोहरालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बोहराले आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहार हुँदा चौधरी गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको लागि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारको क्रममा गएराति मृत्यु भएको हो । घटना भएको खबरपछि प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले बोहरालाई पक्राउ गरेको थियो।