
पूर्णपुष्टि, फागुन ४ । प्रहरीले काठमाण्डौँ स्थित लोत्से मोवाईल तोडफोड तथा चोरी गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १५ मध्ये उदयपुरका दुई जना रहेको छ । उनिहरु उदयपुरगढी गाउँपालिका र चौदण्डीगढी नगरपालिकाका रहेको प्रहरीले उल्लेख गरेको छ ।
उदयपुरको पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ६ घर भई हाल ढुंगेधारामा बस्ने २७ वर्षीय सहचालक राजन राउत र चौदण्डीगढी नगरपालिकाका ३० बर्षिय (भेना) भनिने रितेश बस्नेत रहेको छ । यातायात मजदुरले संघले माघ १ गते काठमाण्डौँ स्थित माछापोखरीमा ट्राफिक कार्वाहीको बिषयलाई लिएर आन्दोलन गरेक थिए । सोही बेला उनिहरुले दुईओटा प्रहरी भ्यान र मोवाईल पसलमा क्षती पुराएका थिए । उनिहरुलाई अहिले प्रहरीले पहिचान गरी धमाधम पक्राउ गरिरहेको अवस्था छ ।


