Friday, May 22News That Matters

काठमाण्डौँबाट २ थान पेस्तोलसहित २ जना पक्राउ

पूर्णपुष्टि, भदौ ४

काठमाण्डौको माछापोखरीबाट दुई थान पेस्तोल दुई जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले ‘मेड इन यूएसए’ लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित नुवाकोटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो ।

हतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षका अमर तामाङलाई पनि बिहीबार नै नुवाकोटबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।