
पूणर्पुष्टि, साउन, ८
लडकडाउन खुले सँगै काडमाण्डौँमा सार्वजानिक यातायातहरु तिव्र रुपले संञ्चालनमा आएको छ । केहिदिन बाट मात्रै पूणर् रुपमा सवारी गुड्न थाले सँगै सवारीहरुले भाडा बढी उठाएको यात्रुहरुले गुनासो पोखेका छन् ।
सरकारले सामाजिक दूरी कायम गरी बसमा यात्री राख्न र पहिलेको भाडाअनुसार ५० प्रतिशत बढी लिन सहमति दिएको भएपनि सरकारले तोके भन्दा बढी भाडा सवारीले लिएको यात्रुहरुको भनाई छ । त्यसअनुसार बसले १५ रुपैयाँ भाडामा ५० प्रतिशत बढाउँदा साढे २२ रुपैयाँ भाडा लिनुपथ्र्यो ।
विकास मगर लतिपुरको एकान्तकुनाबाट खरिबोटसम्म बसमा यात्रा गर्ने गर्छन् । उनले १५ रुपैयाँ भाडा तिर्ने गरेकोमा अहिले ३० रुपैयाँ तिर्नुपरेको बताए । भाडा ठ्याक्कै दोब्बर भएको उनको गुनासो थियो ।
रमेश विष्ट पहिले विद्यार्थी परिचयपत्र देखाएर १० रुपैयाँमा छोटो दूरीको यात्रा गर्थे । तर अहिले उनले ३० रुपैयाँ तिर्ने गरेका छन् । उनले भने- ‘कसैले ३० रुपैयाँ कसैले २५ रुपैयाँ लिने गरेका छन् ।
यस्तै सरकारले तोकोको निति मापदण्ड विपरित सवारी चलाउने २ सय ६३ सवारीलाई ट्राफिकले कार्वाही गरेका छन् ।
बुधबार ट्राफिक प्रहरीले कूल २ सय ६३ सवारी साधानलाई कारबाही गरेको छ । यस्तै मापदण्ड पूरा नगर्ने र बढी यात्री राख्ने ३२ सार्वजनिक बस, ट्याक्सी, टेम्पोलाई बेलुका ८ बजेसम्म सडकमा होल्ड गरेर कारबाही गरेको ट्राफिक प्रवक्ता एससपी बामदेव गौतमले जानकारी दिए । ट्राफिक प्रहरीले सडकमा गुड्ने यात्रीबहाक सवारी सधानले सङ्क्रामक रोग रोकथामका लागि मापदण्ड पालना गरे नगरेको बारे अनुगमन महाशाखाबाट ३ टोली खटाइएको जानकारी दिए ।
ट्राफिक प्रहरीले रसिद काटेर आर्थिक जरिवाना नगरी सडकमा सवारी होल्ड गरेर कारबाही गर्न थालेको छ । यस्तै काठमाडौँ उपत्यकामा चल्ने सवारी साधानहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारेमा विभिन्न २९ ठाउँमा अनुगमनका लागि प्रहरी परिचालन गरेको र विभिन्न स्थानमा रहेका ट्राफिक पोस्टहरुले पनि अनुगमन गरेर जानकारी दिने प्रवक्ता गौतमले बताए ।
