
पूर्णपुष्टि, साउन २४ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ। बुधबार बसेको समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो।
यस विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिका आधारमा कानुन समितिले प्रस्ताव पेश गरेको थियो। छलफलपछि समितिले विधेयक सर्वसम्मत पारित गरेको घोषणा गर्दै प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरेको छ। संसदको बैठक २९ साउनलाई तोकिएको छ।
