Sunday, June 28News That Matters

काम गरेर देखाउन मेरो उम्मेदवारी : उपमेयर पदकी उम्मेदवार सरिता राई

पूर्णपुष्टि, बैशाख १९
नेपाली काग्रेसबाट त्रियुगा नगरपालिकको उपमेयर पदकी उम्मेदवारी सरिता राईले आफु काम गरेर देखाउन उम्मेदवार बनेको बताएकी छिन् । पूर्णपुष्टि खबरको कार्यक्रम चुनावी संवाद कार्यक्रममा बोल्दै उनले जनाताको मतबाट विजय भएर जनता माथी शोषण गर्ने प्रवृत्ती अन्त्य गरेर राजनीतिलाई सेवा गर्ने माध्यम बनाउने बताएकी छिन् ।
सरिता राईले आफ्नो पहिलो चुनावी एजेन्डा युवा स्वरोजगार रहेकोमा जोड दिएकी छिन् । युवालाई राजनीतिक दलले आन्दोलनमा झन्डा बोकाउनमात्र प्रयोग गर्ने गरेकोले अब त्यस्को अन्त्य हुनुपर्ने धारणा राखिन । कुषिको आधुनिकीकरण गर्दै बजारीकरण महिलाको लागि कामगर्दै कमाउने, पढ्ने कार्यक्रम स्वच्छ, सफा खानेपानिको व्यवस्था गर्ने एजेन्डा प्रस्तुत गरेकी थिईन साथै उनले त्रियुगा नदिलाई सभ्यताको केन्द्रको रुपमा विकास गरी धार्मिक गतिविधीको संरक्षण गर्ने बताएकी छिन् ।

भिडियो हेर्न तलको लिङ्कमा थिच्नुहोस्