
पूर्णपुष्टि, जेठ ३ । किर्तिमानी कामीरिता शोर्पाले २७ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । शेर्पाले आज बुधबार बिहान ८ बजे २७ औं पटक सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले जानकारी दिए । उनका अनुसार शेर्पाले एक जना विदेशी क्लाइन्टलाई लिएर आज बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
यसअघि २६ औं पटक सगरमाथाको आरोहण गर्ने किर्तिमान बनाएका उनले आफैले बनाएको किर्तिमान तोडेका छन् । पहिलो पटक सगरमाथा आरोहण गर्दा २४ बर्षको शेर्पा अहिले ५३ बर्षका भईसकेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए ।
