Thursday, April 23News That Matters

कारको ठक्करबाट एक सैनिक जवानको मृत्यु

पूर्णपुष्टि, साउन १६ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक सैनिक जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार, नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो। उनी तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा थिए।

दुर्घटनामा सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परी घाइते भएका दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारकै क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो।