Wednesday, April 22News That Matters

कारसँग ठोक्किएर रात्रि बस त्रिशुली नदिमा खस्यो, ५ जना गम्भिर घाईते

पूर्णपुष्टि, जेठ ३२ । चितवनमा कारसँग ठोक्किएर रात्रि बस त्रिशुली नदिमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ बजार नजिक आज बिहान साढे ७ बजे दुईवटा सवारी साधन एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा २० जना घाईते भएका छन् भने ५ जना गम्भिर घाईते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आईरहेको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार ५ जनाको अवस्था गम्भिर रहेको छ । बसमा सवार रहेका ४५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए ।