Sunday, June 28News That Matters

कालिका अटो लिङक गाईघाटद्धारा दुर्घटना बिमाबापत मृतक परिवारलाई २० लाख हस्तान्तरण

पूर्णपुष्टि, फागुन ४

खोटाङको जन्तेढुंगा गाउपालिका वडा नं १ सिखिमटारका समबहादुर खड्काले माघ ६ गते कालिका अटो लिंक गाईघाट सोरुमबाट बजाज कम्पनीको नयाँ अंटो खरिद गर्यो ।
खड्काले अंटो किन्दा कम्पनीको नयाँ स्किम अफरको रुपमा आकस्मिक दुर्घटना बिमा र स्वास्थ विमा निशुल्क गरिदिने अफर चलिरहेको रहेछ ।त्यसै अफर अन्तरगतको अटो किन्ने ब्यक्तिहरु मध्ये खड्का पनि एक हुन् । कम्पनीले “शुनिश्चित वर्तमान उज्वल भबिष्य” को नारा सहित ग्राहाकहरुको सुविधालाई ध्यानमा राखी यो अफर ल्याएको थियो ।

यो बिल्कुलै नयाँ स्किमको रुपमा कम्पनीबाट निशुल्क उपलब्ध भएको ३ बर्षे अबधिको २० लाख बराबरको आकस्मिक निशुल्क बिमा सुविधा थियो । आर्थिक बर्ष २०७५÷०७६ मा आधिकारिक डिलरको रुपमा रहेको कालिका अटो लिंक गाईघाट सोरुमबाट अंटो किन्ने करिब १ सय भन्दा बढि अटो खरिदकर्ता मध्यका खड्काको भने लामो समय सम्म अटो चलाउने सपना अधुरै रह्यो । खड्काले अटो किनेर चलाको करिब एक बर्ष पुग्न लाग्दै गर्दा दुर्घटनामा परि ज्यान गुमायो । उनले २०७५ साल माघ ६ गते सोरुमबाट अटो खरिद गरेको थियो । खड्काले चलाउँदै गरेको स १ ह ३२३६ नंम्बरको अटो बेल्टारबाट घर फर्कने क्रममा उदयपुरको छुईला स्थित माघ ६ गते बाटोमै दुर्घटना भयो । दुर्घटनामा घाईते भएको खड्काको उपचारको क्रममा धरानको बिपि कोईराला मेमोरियल हस्पिटलमा मृत्यु भयो ।

मृत्यु पछि परिवारले कम्पनीले दिएको बिमा सुविधामा चासो राखे । मृतक खड्काको परिवार गाईघाट स्थित कालिका अटों लिंकको आधिकारिक डिलरमा आएर घटनाबारे सुनाए । कम्पनीको सुविधा पाउन परिवारले निकै मेहनत गर्नु पर्यो । विधिगत कागजात विना भुक्तानी दिन कम्पनीलाई पनि समस्या हुने भएकाले पहिले प्रमाणहरु सहितको कागजात परिवारले जुटाउन तर्फ लागे । मृतक खड्काको श्रीमती निर्मला खड्का, बहिनी हिमला रायाले यसका लागि धेरै मेहनत गरेको बताईन् । मृतक खड्काको बहिनी हिमला रायाले पुलिस रिपोर्ट, हस्पिटलको रिपोर्टको दौरानमा धरान, गाईघाट धेरै धाएको बताईन् । उनले धेरैले यो बिमा फेक रहेको भन्दै कम्पनीको बिज्ञापनको लागि बिमा गराएको सुनाए । यसरी कम्पनीले सजिलै पैसा उपलब्ध नगराउने भन्दै दुख नगर्न अनुरोध समेत गरेको उनीको भनाई छ । कसैको पनि कुरा सुनिन कम्पनीको विश्वाश्मै लागेर आज पैसा पाउन सफल भइयो उनले भनिन् । उनले आधिकारीक डिलर गाईघाट सोरुम संगको प्रत्यक्ष पहलमा २० लाख पाउन सफल भएको बताईन् । दाईको मृत्यु पछि घरमा पिडा त छँदै छ, दाई नभएपनि घरमा भाउजु, र नानीहरु छ उनिहरुका लागि यो बिमा बापतको २० लाख निकै महत्वपूर्ण खर्चको रुपमा उपलब्ध भएको रायाले बताईन् । सवारी साधन आफैमा जोखिम पेशा भएको र यसैका निम्ति बिमाको आवश्यक रहेको भन्दै उनले बिमा गरिदिने बजाज कम्पनीलाई धेरै धन्यवाद समेत व्यक्त गरिन् ।

कालिका अटोलिंक गाईघाट सोरुमका मेनेजर उद्धव अधिकारीले गत आर्थिक बर्षमा कम्पनीले ल्याएको निशुल्क बिमा स्किम बापत शिखर इन्स्योरेन्सको २० लाख बराबरको चेक मृतक परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो ।  । उनले बिमा अबधि ३ बर्षको रहेको र सो अबिधिमै खड्काको दुर्घटनाबाट मृत्यु भएका कारण कम्पनीको नियम अनुसार मृतक परिवारलाई चेक हस्तान्तरण गरेको बताउनुभयो । कम्पनीले शिखर इन्स्योरेन्स संग बिमाको सहकार्य गरी १० लाख बराबरको आकस्मिक दुर्घटना बिमा र ५ लाखको स्वास्थ्य बिमाको अफर राखेको थियो सोहि अनुरुप कम्पनीको नियम अनुसार सम्पूर्ण कागजात सहित मृतक परिवारले भुक्तानी दावि गरेपछि चेक उपलब्ध गराएको बताउनुभयो । चेक कालिका अंटो लिङक गाईघाटका प्रोपाईटर सुनिल ठाकुर, ट्राफिक इन्चार्ज कमल कार्की र गाईघाट सोरुमका मेनेजेर उद्धब अधिकारीले हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै ठाकुरले बजाज कम्पनी एक विश्वास्नीय कम्पनीको रुपमा स्थापित भएको बताउनुभयो । बजाज कम्पनीले धेरै सेवा सुविधाहरु उपलब्ध गराउँदै ग्राहकहरुको मन जितिसेका र उनिहरुको भविष्यको समेत ग्यारेन्टी लिएर अगाडी बढेको ठाकुरले बताउनुभयो ।  कार्यक्रममा इन्स्योरेन्स प्रतिनिधि रोजेन्द्र अधिकारीले चेक प्रदान गर्ने कम्पनी तथा गाईघाट सोरुमलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हरेक क्षेत्रमा विमाको अति आवश्यक रहेको प्रस्टाउँदै यो एक उदाहरणको रुपमा समेत प्रस्तुत भएको बताउनुभयो । यसरी दुर्घटना बिमा बापतको भुक्तानी दिने कार्यक्रमम १ नं प्रदेशमै पहिलो पटक गाईघाट सोरुममा भएको हो ।