Monday, May 4News That Matters

किरण चेम्जोङ इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबमा अनुबन्ध

पूर्णपुष्टि, साउन २ । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई इन्डियन सुपर लिग आईएसएलका लागी पञ्जाबले थप एक वर्ष अनुबन्ध गरेको छ ।

भारतको पहिलो श्रेणीको लिग (आईएसएल) मा बढुवा गराउन दोस्रो श्रेणीको आई लिग जिताउन मद्दत गरेको चेम्जोङलाई पञ्जाबले २०२४ सम्मको लागी अनुबन्ध गरेको छ । पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो ।

२०२३ सेप्टेम्बरदेखि २०२४ मार्च सम्म चल्ने आईएसएलको यो नयाँ सिजनमा १२ टिमबिच प्रतिस्पर्धा हुनेछ । किरण एसियन कोटामा पञ्जावमा अनुबन्ध भएका हुन् । आईएसएल खेल्ने टोलीले उसियन उकसहित ६ विदेशी खेलाडी टिममा राख्न पाउनेछ ।

आई लिग खेल्दा पहिलो रोजाईमा खेलेका चेम्जोङको आईएसएलमा पनि पहिलो रोपाईमा खेल्ने सम्भावना छ । आईएसएलमा खेल्ने पहिलो नेपाली खेलाडी अनन्त तामाङ हुन् । उनले गत सिजन इस्ट बंगालबाट एक खेल खेलेका थिए । यदी पहिलो रोजाईमा खेल्न पाएमा चेम्जोङ आईएसएलमा खेल्ने दोस्रो खेलाडी बन्ने छन् । नेपालका लागी चेम्जोङले सार्वाधिक ८९ खेल खेलेका छन् ।