
काठमाडौँ, साउन २४ गते ।
१ न. प्रदेशको नाम किरात राख्न विशेष अधियानका लागि किरात राई यायोक्खाको दोस्रो बैठक बसेको छ । काठमाण्डौमा बसेको बैठकले विशेष अधियानमा लाग्ने निर्णय गरेको हो ।
किरात नामाकरणको लागि करिव डेढ दशकदेखी निरन्तर संघर्ष गर्दै आएको छ । लामो संघर्ष गरेपनि किन र कस्ले किरात नामा राख्न कुन्जुसाई गरिरहेको अवस्थामा विशेष अधियान संचालन गर्ने यायोक्खाले जनाएको छ ।
दुई दिन बसेको बैठकले किरात लिपि प्रयोगको लागि सरोकारवाला संस्था तथा समुदाय संग समन्वय गर्ने, नक्छौँ र साकेला थानहरुको विवरण संकलन गरि पुस्तक प्रकाशन गर्ने, भाषिक शिक्षा लागू गराउन अभियान संचालन गर्ने लगाएतको निर्णयहरु भएको महासचिव जनक राईले बताए ।

लोकसेवा आयोगले कटौती गरेको आरक्षणको आन्दोलनमा समुदायको तर्फबाट शसक्त भूमिका खेल्ने, सस्थाको न्युनतम ३ लाख साधारण सदस्यता बितरण गर्ने, यायोक्खाको नयाँ भवन निर्माण गर्ने र कम्तिमा २०÷२० लाखको दुइवटा अक्षयकोष स्थापना गर्ने, संचालन हुन लागेको राष्ट्रिय जनगणना २०७८ मा किरात राई समुदायलाई सहि विवरण भराउन पहल गर्ने लगायतका शिर्षकहरुमा निर्णय भएको राईले बताए ।
बैठकमा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रस्ताव स्वरुप अल्पकालीन र दीर्घकालीन गरी २८ बुँदे कार्ययोजना पेस गरेका थिए । बैठकको अन्त्यमा अध्यक्ष राईले संगठन बारे प्रशिक्षण मुलक भनाई राख्दै संस्थालाई आराजक हुन नदिन सबै लागि पर्नुपर्ने बताए । संस्थाको चेन अफ कमान्डलाई अस्वीकार गर्ने, अनुशासनको साथै आफ्नो र नेतृत्वको मर्यादा नबुझ्नेहरुलाई संगठनले कडाइको साथ नियमन गर्ने बताए । बैठकमा केन्द्रीय विभाग र जिल्लागत रिपोर्टिङ भएको थियो ।
