
गाईघाट/भदौ, १७
किरात विद्यार्थी संघको स्थापना दिवसको अवसरमा उदयपुरमा पनि दिप प्रज्वलन गरी दिवस मानाइएको छ ।
किरात विद्यार्थी संघकोे २१ औँ स्थापना दिवसको अवसर पारी गाईघाटको पिपलचोकमा दिप प्रज्वलन गर्दै दिवस मानाइएको हो ।
देशै भरी रहेको सो संगठनले यो दिवसलाई बिभिन्न कार्यक्रम गरी मनाएको छ । दिप प्रज्वलन तथा रक्तदान कार्यक्रम गरी देशका बिभिन्न जिल्लाहरुमा दिवस सम्पन्न भएको किरात विद्यार्थी संघ उदयपुरले जनाएको छ ।
किरात विद्यार्थीहरुको हक अधिकार र संस्कार संस्कृतिको संरक्षणमा प्रतिवद्ध रहेर स्थापना भएको संघले जनयुद्धमा राज्यले बेपत्ता पारेको नविन राईलाइ सार्वजानिक गर्न र १ नं प्रदेश लाई किरात प्रदेशको नामकरणमा समेत माग गर्दै दिवस मानाइएको हो ।
