
पूर्णपुष्टि, फागुन १०
जाल्पा एकिकृत विकास समाजको आयोजना १० दिने किशोरकिशोरी बिकासका लागि रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम संञ्चालन भईरहेको छ ।
५ गते देखि होटल कोहबरमा संञ्चालन १० दिने तालिम ६ दिन देखि निरन्तर संञ्चालनमा छ ।
समाजमा किशोरकिशोरी मजबुद भएमात्र राष्ट्रको विकास हुने भन्दै उनिहरुलाई बिभिन्न क्षेत्रमा बिकास र क्षमतावान वनाउने भन्दै तालिमको आयोजना गरिएको आयोजकले बताएको छ ।
जाल्पा एकिकृत बिकास समाज (जिड्स) उदयपुरको सामाना परियोजना अन्तर्गत आयोजना गरिएको कार्यक्रममा रौतामाई गाउँपालिकाका ४० जना किशोरकिशोरीहरु सहभागी छन् ।
पछिल्लो समय बालिकाहरु माथी हिंसा तथा बलत्कारका घटनाहरु बढ्दै गएको तथ्याङ्कले देखाएको भन्दै यस्ता समस्या समाधान गर्न किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने, अभिभावकले आफ्ना सन्तानहरुको बिशेष निगरानी राख्ने तथा सरोकारवालाहरुले सचेतनामूलक अभियानलाई तिब्र बनाउनु पर्ने भुमिकामा पनि यस तालिमले सकरात्मक असर देखाउने उदेश्य कार्यक्रममले दिएको छ ।
तालिमलाई वल्र्ड भिजन ईन्टरनेश्नलले आर्थिक सहयोग गरेको छ भने रौतामाई गाउँपालिकाका समन्वय रहेको छ । तालिमलाई चन्द्रकुमारी सुब्बा र काजोल माझीले सहजिकरण गर्ने छन् ।
