Tuesday, May 5News That Matters

किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

पूर्णपुष्टि, असार १९ । एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा कञ्नपुरमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । १६ बर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री पक्राउ परेका छन् ।

सोही नगरपालिका ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र किशोरीलाई आईतबार राति जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधरमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।