
पूर्णपुष्टि, साउन ३१
कृशलाको हत्याको तत्काल छानविन र सत्यतथ्य परिणाम सार्वजानिक गर्न भन्दै गाईघाटका युवा तथा विद्यार्थीहरुले सडक प्रदर्शन गरेको छ ।
शनिवार पिपलचोकमा युवा तथा विद्यार्थीहरुले कृशलाको हत्यामा संलग्न यदि कुनै पनि व्यक्तिलाई तत्काल सार्वजानिक गर्नु पर्ने र कार्वाही गर्नु पर्ने माग सहित प्रदर्शन गरेको हो । प्रदर्शनको मुख्य अगुवाइको रुपमा रहेको डाइनामिक युवा गाईघाटले यो भन्दा ठुलो अपराध समाजमा अरु कुनै हुन नसक्ने भन्दै प्रदर्शन गरेको जनाएको छ ।
समाजमा यस्तो घटिया काम हुनुमा नेपालको कम्जोर कानुन रहेको ओल्याउँदै कार्वाही मात्र गरेर नहुने त्यसलाई पनि फासि हुनु पर्ने माग सहित युवाहरु प्रदर्शनमा उत्रेको हो ।
तस्विरहरु


