
पूर्णपुष्टि, जेठ १० ।
दलहरुकाे व्यापक असहमतिकाबीच त्रियुगाकाे मतगणना आज सुरु गर्ने भएकाे छ । मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले आजबाट मतगणना सुरु गर्ने बताउनुभयाे ।
“निर्वाचन आयाेगबाट मतगणना गर्ने निर्णय आएकाे छ” सिलुवालले भन्नुभयाे -“मतगणनाकाे तयारी गर्दैछाैं”
त्रियुगा-१२ काे मतदान विवादित भएसंगै स्थगित भएकाे थियाे । मतदानटाेली पुन: मतदान गर्ने भन्दै सुचना टासेर हिडेकाे थियाे । तर, लामाे समय निर्णय नआउदा त्रिनपा १२ मा पुन:मतदान हुने वा सिधै मतगणना हुने भन्ने अन्याैलता छाएकाे थियाे ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपा लगायतले पुन मतदानकाे माग राखेका छन् । नेकपा एमाले र नेपादरली काङ्ग्रेसले भने मत गणनाका लागि दवाव दिदैआएकाे थियाे ।
