
पूर्णपुष्टि, चैत २८ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये तीन लाख ५५ हजार छ सय ७१ जना उपचारपछि निको भएका छन् ।
विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा १६ लाख दुई हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ११ लाखभन्दा बढीको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । अहिलेसम्म इटालीमा १८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा भित्र अमेरिकामा १७ सयभन्दा बढीको मृत्यु भएसँगै साढे १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
