
पूर्णपुष्टि, चैत्र २९ गते ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा न्यूनिकरण गर्नका लागि चौदण्डिगढी नगरपालिकाले संचालन गरेको कार्यक्रमहरुको सार्वजनिक गरेको छ ।
चौनपाले कोरोनाको संक्रमण रोकथाम तथा न्युनिकरण गर्नका लागी सञ्चालन गरेको कार्यक्रमहरुको एक पत्रकार सम्मेलनमार्फत शनिबार नगरले सार्वजनिक गरेको हो ।
कोरोनाको रोकथाम तथा न्युनिकरणका लागी सरकारले लागू गरेको लकडाउनको समयमा नगरले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु, नगरबासीलाई राहत वितरण लगायतका कार्यक्रमहरुको बारेमा चौनपाका मेयर खगेन्द्र र्राइले प्रस्तुत गरेको थियो ।
चौनपा–७ स्थित रामप्रशाद राई खेलमैदानमा ७ वेडको आईसोलेसन वार्डको निर्माण, सबैै वडाहरुमा क्वारेन्टाईन निर्माण गरिसकिएको छ भने गत १३ गतेदेखि राहत वितरणको लागि वडाध्यक्षहरु मार्पmत लगत संकलन गरी ३ हजार ३ सय २२ घर धुरीका १४ हजार १ सय ५ जनालाई राहत वितरण गरिएको पत्रकार सम्मेलनमा मेयर राईले जनाकारी गराएका थिए ।
नगरको मुख्य बजार बेल्टार क्षेत्रमा लकडावनको समयमा चोकचोकमा खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवानहरुलाईसमेत प्रति व्यक्ति दैनिक ६० रुपैयाको दरले खाजाको व्यवस्था गरिएको नगरप्रमुख राईले बताए । त्यसैगरी विदेशबाट आएका नागरिकहरुको खोजतलास गरी उनिहरुको स्वास्थ्य अवस्था चेक जाँच समेत गरिने गरिएको छ ।
नगरका कोहि कोरोना संक्रमित भएको खण्डमा विरामीको लागि चेकजाँचको समयमा खटिने स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्री पूर्ण सेटमा २५ थान र अर्ध सेटमा ३५ थान सबै स्वास्थ्य संस्थाहरुलाई वितरण गरिएको जनाएको छ ।
कोरोना रोकथाम तथा न्यूनिकरण गर्नका लागी गत १६ गते नगरपालिको बैठकले ७० लाख रुपैया बराबरको कोरोना संक्रमण राहत कोषको स्थापना गर्ने निणर्य गरेको छ । नगरकी उपमेयर रिताकुमारी चौधरीको संयोजकत्वमा ११ सदस्य राहत सामग्री खरिद तथा आपुर्ति, व्यवस्थापन समितिको गठन गरिएको नगरले जनाएको छ ।
