Wednesday, July 1News That Matters

कोरोना भाइरस खोपमा सफलता चुम्दै अक्सफोर्ड विश्वविद्यालय

पूर्णपुष्टि, जेठ २ गते । 

अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाईरस (कोभिड–१९) को खोपको बारेमा भईरहेको काम आशाजनक भएको जनाईएको छ ।

अमेरिका र बेलायतका केही शोधकर्ताहरुले ६ वटा बाँदरको समुहमा यो खोपको प्रयोग गरेको थियो र अहिले खोपले काम गरिहेकाले सुरुवाती निष्कर्ष आशाजनक भएको हो ।

अब यो खोप मानिसमा पनि परीक्षण हुने र केही अन्य वैज्ञानिकहरुमार्फत् आउँदा दिनमा यो खोपको जाँच गरिने जनाईएको छ ।

उक्त बाँदरको समुहलाई भारी डोज दिनुअघि यो खोप लगाइएको थियो । यस खोपबाट केही बाँदरको शरीरमा एन्टिबडी १४ दिनमा विकसित भयो भने केहिमा २८ दिन लागेको सोधकर्ताहरुले रिपोर्टमा उल्लेख गरेको छ । कोरोना लागेको बाँदरको यो खोपले फोक्सो क्षती हुनबाट बचाउनुका साथै शरिरमा भाईरस फैलिनबाट रोक्यो । तर नाकमा भाईरस सक्रिय देखिएको जनाईएको छ ।

बाँदरमा गरिएको अनुसन्धानपछि आएको नतिजा एक राम्रो खबर हो । यो अक्सफोर्ड भ्याक्सिनको लागि एक ठूलो चुनौती थियो । उनीहरुले राम्रो ढङ्गले पार गरेको जनाईएको छ ।

खोप विकसित गर्ने क्रममा बाँदरमाथि सफल हुनु निकै महत्तवपूर्ण मानिन्छ । तर कैयौँ खोप जसले बाँदरलाई रक्षा गर्दथ्यो तर अन्नतः मनुष्यको रक्षा गर्न विफल हुन्थ्यो ।

गएको मे १३ सम्म शोधको लागि स्वइच्छाले आएका झण्डै एक हजार जनामा परीक्षणको रुपमा यो खोप लगाइएको शोधकर्ताहरुले बताएका छन् । उनीहरुको अबको एक महिनासम्ममा केही स्पष्ट निष्कर्षमा पुग्ने आश गरेका छन् ।

मोडर्ना कम्पनीको एमआरएनए.ओ, फाइजर कम्पनीको पीईई.एन, बायोएन. टेक कम्पनीको २२यूएवाई.एफ र चीनको कानसिंनो बायोलजिक्स कम्पनीको ६१८६.एचके खोपको अहिले परीक्षण भइरहेको छ । कोरोना भाइरसँग लड्न विश्वभर सयभन्दा धेरै खोपमाथि काम भइरहेको छ ।