Thursday, April 30News That Matters

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लिम्चुङबुङको यस्तो निर्णय

पूर्णपुष्टि, बैशाख २३

लिम्चुङबुङ गाउँपालिका उदयपुरले कोरोनाको नयाँ भेरियन्ट प्रकोपलाई रोकथाम तथा नियन्त्रण गर्न बिभिन्न बिषयमा पालिका अध्यक्ष स्तिरीय छलफल बसेको छ ।

बुधबार बसेको छलफलमा कोरोना रोकथाम सम्बन्धि बिभिन्न शिर्षकमा महत्वपूर्ण निर्णय गरिएको छ । कोरोना रहित पालिकाका लागि अग्रिम आवश्यक भौतिक बस्तुहरुको निर्माण, भौतिक स्रोत साधनहरुको व्यवस्था र सचेतनाका लागि बिभिन्न मापदण्ड सहितका कार्यहरुका लागि  पालिकाले ८ बुदामा निर्णय तय गरेको छ ।

निर्णयमा पालिकामा सुरक्षित व्यक्तिहरुको प्रवेशका लागि पालिका प्रवेशको ३ नाकामा हेल्प डेस्कको व्यवस्था गरेको छ । माझखर्क, बतासे घाट र चनौटे गरी ३ स्थानमा हेल्प डेस्कको व्यवस्था गरिएको हो ।

यसै गरी पालिकाले आईसोलेसनको विषयमा गाउँपालिकाको केन्द्रमा पर्ने श्री महेन्द्र मावि सिरवानी बाराहका विद्यालयमा १० बेडको आईसोलेसन बनाउने, र उक्त आईसोलेसनमा २४ घण्टा एम्वुलेन्सको सेवा प्रदान गर्ने कुरामा पनि निर्णय गरेको छ ।

यसैगरी ५ ओटै स्वास्थ्य चौकीमा कोरोना टेस्ट र एन्टिजेन किटको व्यवस्था, पालिका प्रवेश गर्ने व्यक्तिहरुलाई सम्बन्धित वडाको टोल विकास समितिको सिफारिसमा स्वास्थ्य मापदण्ड अनुरुप होम आइसोलेसनमा बस्ने प्रतिबद्धता सहित पालिकाले प्रबेशका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आइसोलेसनमा आवश्यक सामाग्रीहरुको व्यवस्था अन्तर्गत अक्सिजन कन्सर्नटेटर १ थान, अक्सिजन सिलिण्डर ५ थान, पल्स अक्सिमिटर १० थान, थर्मल गन २ थान, नबुलाईजर २ थान सहित अन्य औषधीको व्यवस्था गर्ने सहितको निर्णय तयार पारिएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाउनुभयो ।