Thursday, May 21News That Matters

कोरोना संक्रमित रानी हुदै नेपाल प्रवेश

उदयपुर, बैशाख ६ गते ।

त्रियुगा नगरपालिका–३ भुल्के स्थित मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका भारतिय नागरिकहरु रानीभन्साबाट नेपाल प्रवेश गरेको देखिएको छ । उनीहरुको ट्राभल्स हिस्ट्री अनुसार गत डिसेम्बर १० तारिखको दिन मोरङको रानी भन्सा हुदै नेपाल प्रवेश गरेको देखाएको हो ।

रानी भन्सारबाट नेपाल प्रवेश गरे पस्चत मोरङ, सुनसरीको विभिन्न मस्जिदहरु हुदै फागुन ३ देखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइनमा लागेको नेपाल इज्तिमा सहभागी हुँदै फागुन २५ गते सप्तरीको फत्तेपुर, चौदण्डीगढी नगरपालिका–५ सिवाईमा चैत्र २९ गते त्यसपछि मोथियाही हुँदै त्रियुगा नगरपालिका–३ भुल्के स्थिती मस्जिद चैत्र ५ गते आई पुगेको एक सुरक्षा अधिकारीले बताए ।

गत चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रहरी र वडाध्यक्ष लगायतका टोलीले मस्जिदको अनुगमन गर्दा मस्जिदमा ८ भारतीय र ४ नेपाली फेला परेको थियो । मस्जिदको अनुगमन गरेर लकडाउन भरी मस्जिद भन्दा बाहिर नजान अनुरोध गरेको त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए ।

अनुगमनमा ८ जना पछि १२ जना भारतिय नागरिक हुनुमा केहि दिन अगाडी मात्रै मोथियाही हुदै सोही मस्जिदमा आएको वडाध्यक्ष चौधरीले बताए ।

कोरोना संक्रमितसँगै अन्य मुस्लिमहरु पनि मस्जिदमा जाने आउने गर्नुको साथै स्थानीय चियापसलमा खुल्ला रुपमा स्थानीयहरु सरह चिया खाने गरेको गरेको स्थानियबासीहरुले बताएका छन् । सम्बन्धित निकायलाई पहिला नै जानकारी गराएपनि खासै चासो नदिएको स्थानीयको आरोप छ ।

गत मंगलबार मस्जिदमा रहेका १२ भारतिय सहित १६ जनाको स्वव नमुना संकलन गरि कोशी अस्पताल विराटनगर पठाएको थियो । शुक्रबार आएको रिर्पोटमा ११ जना भारतिय र १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उपचारको लागी १२ जनालाई कोशी अस्पतालको आईसोलेशन लगिएको छ भने ४ जनालाई मोरङको टाँडी क्वारेन्टाईनमा राखिएको छ । तर उनीहरुलाई कुनै लक्षण देखा नपरेको जनाईएको छ ।