Sunday, June 28News That Matters

कोरोना संक्रमित ९ लाख भन्दा बढी निको भए

पूर्णपुष्टि, बैशाख १६ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित मध्ये नौ लाख भन्दा बढी उपचारपछि निको भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट ३० लाख ६० हजार जना भन्दा बढी संक्रमित भएको छ । उक्त संख्यामध्ये नौ लाख १९ हजार आठ सय ९४ जना उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ ।

त्यस्तै १९ लाख २९ हजारभन्दा बढीको उपचार भईराखेको छ भने दुई लाख ११ हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ ।

अमेरिकामा सवै भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु पनि अमेरिकामै भएको छ । अहिलेसम्म अमेरिकामा मात्रै १० लाख आठ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा साढे ५६ हजारभन्दा बढीको मृत्यु भईसकेको जनाएको छ ।

यस्तै इटलीमा साढे २६ हजारभन्दा बढी, स्पेनमा साढे २३ हजारभन्दा बढी, फ्रान्समा २३ हजारभन्दा बढी र बेलायतमा २१ हजारभन्दा बढीको मृत्यु भईसकेकोे छ ।

भारतमा अहिलेसम्म साढे २९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने नौ सयभन्दा बढीको मृत्यु भईसकेको जनाईएको छ । त्यस्तै सात हजारभन्दा बढी निको भएका छन् ।