
पूर्णपुष्टि, असार १३
उदयपुरमा आज पुष्टि भएका कोरोना संक्रमितहरुलाई बेल्टारको आईसोलेसनमा लैजाने तयारी भईरहेको छ । त्रियुगा नगरपालिका–३ मोतिगडा क्वारेन्टाईनमा बसेका ७ जनामा संक्रमण पुष्टि भएपछि बेल्टार सातधारेको आईसोलेसनमा लैजाने तयारी भईरहेको हो ।
उनीहरुको गत असार १० गते नमुना स्वाव संकलन गरी विराटनगरको कोशी अस्पतालमा परिक्षणको लागी पठाईएको थियो । परिक्षणमा आज ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
उनीहरु भारत, कतार लगायतका देशबाट आएर क्वारेन्टाईनमा बसिरहेको बुझिएको छ ।
सातधारे आईसोलेसनमा यस अघि नै ५ जना संक्रमित राखिएको छ । अव थप ७ जनासँगै आईसोलेसनमा १२ जना हुनेछ ।
