Monday, April 20News That Matters

कोरोनाकै कारण बाजुराकी २ बर्षिया बालिकाको मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

पूणर्पुष्टि, जेष्ठ, १८

बाजुरामा २ बर्षिया बालिका कोरोना भाईसका कारण मृत्यु भएका छन् । जिल्ला अस्पताल बाजुरामा हस्पिटलको आइसोलेसनमा राखेर उपचार गराइरहेकी २ बर्षिया बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

बूढीगंगा नगरपालकिा(१ घर भएका उनी आमाबुबासँगै ८ दिनिअघि भारतबाट नेपाल आएका थइिन् । भारतबाट फर्क्निे क्रममा बालकिालाई ज्वरो आउने, बान्ता हुने समस्या रहेको जनाइएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बताउनुभएको छ । यता बाबुको भने कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ उहाँले बताउनुभयो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताउनुभयो । डा. बिकका अनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया रहेको जानकारी दिनुभयो । यो सँगै नेपालमा ८ जनाको कोरोना संक्रमण बाटै मृत्यु भएको छ ।