Sunday, May 17News That Matters

कोरोनाबाट थप एक जनाको मृत्यु

पूर्णपुष्टि, साउन ३०

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गतराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका ४० वर्षका पुरुषको मृत्यु भएको हो ।

ज्वरो, टाइफाइड र श्वास–प्रश्वासमा समस्या देखिएपछि अस्ति विराटनगर पुगेका पुरुषको आइसोलेशनमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अहिले शव सिरहा लैजाने तयारी भैरहेको जनाईएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

यस बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।