
पूर्णपुष्टि, चैत ५ । आज (आईतबार) विराटनगरमा कोशी प्रदेश नामको विरोधमा प्रदर्शन भईरहेको छ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन : नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन् । निषेधाज्ञाबीच प्रदर्शन हुन थालेपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
