Thursday, June 18News That Matters

कोशी प्रदेशको अराजकता गतिविधिलाई सरकारले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ

पूर्णपुष्टि, जेष्ठ २६ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भईरहेको गैर शान्तिपूर्ण र अराजक गतिविधिलाई सरकारले छुट नदिने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना नेताहरुमाथि भईरहेको आक्रमण र त्यस क्रममा भएका घटनाहरुको सन्दर्भमा प्रतिनिधि सभा बैठकमा सरकारसँग जवाफ मागेको थियो । सांसद तथा एमाले सचिव योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका थिए। दुई तिहाई मतका साथ कोशी प्रदेशको नाम परिवर्तन गरे एमालेलाई आपत्ति नहुने भट्टराईको भनाइ थियो।

कोशी प्रदेशको आन्दोलनबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद भएको गृहमन्त्रीले बताए । बिहीबार इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुखमाथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको थियो।

एमाले नेता र उपसभामुखलाई कार्यक्रममा जाँदा बिहीबार प्रहरीले स्कटिङ गर्दै सुरक्षासमेत दिएको गृहमन्त्री श्रेष्ठले बताए। ‘घटनाका दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको ‘गृहमन्त्री श्रेष्ठले भने’ ‘यस्ता घटनाप्रति सरकार दु स् ख व्यक्त गर्दछ।

‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन्। उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरी विरोध गर्न पाउँछन् । तर अराजक, असंवैधानिक, गैर शान्तिपूर्ण, उदण्ड प्रकारका गतिविधि गरे सरकारले छुट नदिने गृहमन्त्रीले बताए ।