Monday, April 20News That Matters

कोशी प्रदेशको नामकरण : सरकारले छानबिन समिति गठन गर्ने

पूर्णपुष्टि,चैत्र ११ । गत चैत्रको ५ गते कोशी प्रदेश नामकरण विवादपछि भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा छानबिन समिति गठन गर्ने निर्णय भएको हो ।

छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछि घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।