Wednesday, June 17News That Matters

‘कोशी’ प्रदेशको पक्षमा ८२ जना सांसदको हात उठ्यो, अब मतदान प्रकियामा जाने

पूर्णपुष्टि, फागुन १७ । नेकपा एमालेले १ नं प्रदेश को नाम ‘कोशी’ प्रदेश राख्नुपर्ने भन्दै प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जना र विपक्षमा ४ जना सांसदले हात उठाएका छन् ।

नेपालको संविधान अनुसार प्रदेशको नामकरणको लागी दुई तिहाई मत आवश्यक पर्छ । जुन नेकपा एमालेले प्रस्ताव गरेको ‘कोशी’ प्रदेशको पक्षमा दुई तिहाई भन्दा बढी सांसदले हात उठाएपछि सो प्रस्ताव अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।

एमालेको कोशी प्रदेशमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समर्थन गरेको हो । नेकपा एस र जसपाले राखेको ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेशको प्रस्तावमा भने छलफल नै नहुने भएको छ । प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।