Monday, April 20News That Matters

कोशी सरकारको निति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, कांग्रेस पनि सहभागी हुने

पूर्णपुष्टि, जेठ २१ । कोशी प्रदेश सरकारको आगामी आथिक वर्ष २०८१÷०८२ का लागि निति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकार निर्माण विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको कारण देखउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको नेपाली कांगेस पनि आजदेखी बैठकमा सहभागी हुने भएको छ । ‘माथिबाट पनि सहभागी हुनु भन्ने कुरा आएको छ, भोलि ११ बजे बस्ने दलको बैठकबाट निर्णय गरेर बैठकमा सहभागी हुन्छौं,’ कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने, ‘नीति तथा कार्यक्रममा उपस्थित हुने कुरा छ ।’ पूर्व मुख्यमन्त्री केदार कार्कीले हिक्मत कुमार कार्कीको नेतृत्वमा बनेको नयाँ सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए भने उक्त मुद्धाको फैसला नभएसम्म बैठकमा सहभागी नहुने कांग्रेसले बाताउँदै आएको थियो ।