Friday, May 1News That Matters

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

पूर्णपुष्टि, असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्कीलाई शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरू बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत हुन् । कार्कीलाई एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूको समर्थन छ ।

शुक्रबार माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले ४७–४७ सांसदहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा दुबै पक्षले बहुमत सदस्यहरुको हस्तारक्षर सहित दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेका थिए। एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कुमार कार्कीले विश्वासको मत नपाउने देखेपछि राजिनामा दिएका थिए । उनले राजिनामा दिएपछि संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोशी प्रदेशमा यो पाचौँ सरकार बनेको हो । कार्कीले अबको १ महिनामा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।