पूर्णपुष्टि, पुष ११
क्यान्सर पिडित उदयपुरका १८ बर्षिय युवा महेश खड्कालाई बचाईदिन परिवारले हार्दिक अपिल गरेको छ । त्रियुगा नगरपालिका ५ श्रीपुरका ख्डकालाई उपचारका लागि आर्थिक सहयोग गरी बचाईदिन परिवारको अपिल छ । क्यान्सर रोगी महेशलाई एक महिना देखी भरतपुर अस्पतालमा राखेर उपचार गराईरहेका परिवारले जनाए । आर्थिक अवस्था कम्जोर भएको उक्त परिवारले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगका याचना गरे ।
बाबु रामजी खड्का र आमा कमला खड्काका छोरी महेश कक्षा १२ मा श्रीपुर माविमै अध्यानरत थिए । एक बर्ष अघि मात्रै बुवा वितेपछि परिवारलाई समस्या त छँदै थियो, पछि छोरालाई समेत क्यान्सरले भेटेपछि परिवारमा अझै ठुलो बज्रपात परेको आमा कमला खड्का बताउँछिन् । सामान्य गाँठागुठी आएपछि परिवारले उनलाई गत बैशाखमा नोवेल हस्पिटल पुराएका थिए । त्यहाँ अप्रेसन गरेपछि थप अन्य ठाउँहरुमा समेत गाँठागुठी निस्केर एक्कासी प्यारालाईसीस जस्त कम्वर मुनी चल्न छाडेको परिवारको भनाई छ । पछि थप उपचारका लागि भरतपुर लैँजादा क्यान्सर पत्ता लागेपछि बिराम जटिल बन्दै गएको हो ।

उनलाई अहिले परिवारले भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्दै आईरहेको छ । घरमा मजवुरीको लागि अबिभावक समेत गुमाएका उनिहरुले उपचारका लागि पैसा जुटाउनै सकिरहेको अवस्था छैन् । महेशको उपचारका लागि बिराटनगरमा परिवारले ८० हजार सकाए उपचार सफल नभएपछि थप उपचारका लागि भरतपुर क्यान्सर हस्पिटल पुराईएकोमा आर्थिक अभावले समस्या छाएको छ । उनलाई ५ लाख बढी उपचार खर्च लाग्ने हस्पिटलले जनाएको परिवारको भनाई छ । १ लाख बढी खर्च भैसेको अवस्थामा अझै ५ लाख बढी खर्च लाग्ने हस्पिटलले भनेको छ । मशेसका आमा कमलाले भनिन्“ उनले देश, विदेश, संघसंस्था। व्यक्ति लगायत सरकार पक्षमा रहेको सम्पूर्ण सहयोग मनहरुलाई सहयोग गरिदिन समेत हार्दिक आह्वान गरिन् । सहयोग गर्ने इच्छा भएका ब्यक्तिहरुले महेशको परिवारलाई ९८४५२३३३१६ र ९८१९७६३७३२ मा सम्पर्क गर्न सकिनेछ ।

