
पूणर्पुष्टि, जेष्ठ, २८
भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको छ । उक्त घटना कालिकोटमा भएको हो । ना८ख ५१३३ नम्बरको टिप्पर यात्रु बोकेर कर्णाली करिडोर अन्तर्गत बाट जाँदै गर्दा लालीघाटको भीरबाट नदीमा खसेको स्थानीय दिलबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै गरेको जानकारी आएको छ । ३९ जना सवार रहेको टिप्पर दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ भने, स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।
प्रहरीका अनुसार क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको बताएको छ, भने बाँकी थप अनुसन्धान बाट खुल्ने जनाएको छ ।
दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं गर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
