
पूर्णपुष्टि,चैत्र १७ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो । तर, जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
जनमतले सुरुदेखि नै उद्योग या कृषिमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको थियो । तर, त्यसबेला दुवै मन्त्रालय एमालेले लिएको थियो । त्यसबेलै असन्तुष्ट रहेको जनमतलाई प्रधानमन्त्री प्रचण्डले पछि मिलाउछु भनेपछि जनमत सरकारमा गएको थियो । उनका अनुसार मन्त्रिमण्डल पुनर्गठनका क्रममा उद्योग मन्त्रालय नदिएर खानेपानी मन्त्रालयकै जिम्मेवारी दिइपछि खानले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज कांग्रेससहितका दलहरुसँगको गठबन्धनमा मन्त्रिमण्डल पुनर्गठन गर्दै छन् । आज नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम पनि तय गरिएको छ ।
