Friday, May 1News That Matters

खानेपानी समितिको अध्यक्षमा खड्का र बस्नेतको उम्मेद्वारी

पूर्णपुष्टि, माघ २१ ।
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई समिति (संस्था) को अध्यक्षमा ओमबहादुर खड्का र शंकरकुमार बस्नेतको उम्मेदवारी परेको छ । निर्वाचन समितिको मनोनयनपत्र दर्ता तालिका बमोजिम आज खड्का र बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् । २०७३ वैशाख १८ गतेको गएको चुनावमा बस्नेत अध्यक्ष र खड्का उपाध्यक्षमा एउटै प्यानलबाट विजयी बनेका थिए । निर्वाचित भएकाे करिव डेडवर्ष पछि आर्थिक अनियमितता, लापरवाही र मनोपोली निर्णय चलाए पछि अध्यक्ष बस्नेत पदमुक्त भइ बस्नुपरेको थियो भने खड्काले कार्यवाहक अध्यक्ष भई संस्था चलाएका थिए । उच्च अदालत ओखलढुंगाको फैसला आदेशबाट बस्नेत पद मुक्त भएका थिए । उनी आफैले अदालतमा लगाएको रिटमा आफ्नै गल्ती, कमजोरी प्रमाणीत भएपछि अदालतले पदमुक्त गराएको थियो ।
निर्वाचनमा उपाध्यक्षमा शुपराज राई र निगमकुमार कोइरालाको उम्मेदवारी परेको छ भने सचिवमा सन्तोष खड्का र नरेन्द्रकुमार बस्नेतको परेको छ । त्यसैगरी कोषाध्यक्षमा रेवतीरमण गेलाल र नविन राईको उम्मेदवारी परेको छ ।
पाँचजना सदस्यका लागि आठजनाको उम्मेदवारी छ । निरबहादुर राई, भविन्द्र खत्री, रीता अछामी, आशा राई, कृष्णकुमारी राई, जितबहादुर बराल, नर्मदा खत्री र डिल्लीनारायण श्रेष्ठ रहेका छन् । उक्त समितिले त्रियुगा नगरपालिकाको वडा नं. १०, ११, १२ र ३ मा खानेपानी सुविधा उपलब्ध गराउदछ । चुनावका लागि २ हजा ७९६ मतदाता रहेका छन् ।
निर्वाचन समितिका संयोजक उज्जल सुवेदीका अनुसार ९ पदका लागि १६ जनाको उम्मेदवारी परेको हो । निर्वाचित कार्यसमितिको ४ वर्षे कार्यकाल रहेको छ ।