Tuesday, June 9News That Matters

खाली पेटमा दुध चियाको असर के ?

पूर्णपुष्टि, फागुन २० । मानिसहरु बिहानी समय चिया पिउन आतुर हुन्छ । उसोत बिहानी समय चियाकै समय पनि मानिन्छ । तर यसलाई पिउने तरिकाहरु नअपनाईदा हामी प्रत्यक्ष असरमा पर्ने डाक्टरहरु बताउँछन् । पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अबषेश भण्डारीका अनुसार खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । तर दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन । उनका अनुसार कसैलाई बिहान उठ्ने बित्तिकै दूध चिया खाने बानी परेको छ भने पनि खासै फरक पर्दैन । दूध चिया खाएको कारण समस्या नहुने तर खाली पेटमा खाँदा भने यसले समस्या देखाउने भण्डारीको भनाई छ ।
दूधको चिया स्वास्थ्यका लागि हानिकारक नभएपनि यसको अत्यधिक सेवन गरेमा भने स्वास्थ्यलाई हानि गर्न सक्ने भण्डारीले सुझाएको छ । जसले गर्दा दूधको चिया सधैं थोरै मात्रामा पिउनुपर्ने उनको सुझाव रहेको छ ।