Tuesday, July 14News That Matters

खुर्पाले आफ्नै घाँटी रेटेर अत्महत्या

ईलाम, चैत्र १३ गते ।

ईलामको रोङ गाउँपालिका(१ की ५० बर्षीया टिकामाया राईले आफ्नै घाँटीमा खुर्पाले प्रहार गरी आत्महत्या गरेकी छन् । रोङ गाउँपालिका(४ की राई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी थिइ ।

राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाईएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएको थियो । राईको शबलाई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् 

पोखीमा डुबेर १ जनाको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका(५ धानखेती बस्ने २२ बर्षीय जिवन बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बि.कको मृत्यु भएका हुन् ।

पोखरीमा डुबेर मृत अवस्थामा बि.क लाई छिमेकीले देखेर प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लावारीको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकाली कानूनी प्रकृयाका साथै घटना सम्बन्धमा थप अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।