
पूर्णपुष्टि,माघ ८
झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट हिजो दिउँसो साढे ३ बजे लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ परेको छ । कमल गाँउपालिका–६ का २० बर्षीय नवराज भट्टराईलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पश्चात चेक जाँच गर्ने क्रममा उनको साथबाट गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर प्रहरीले बरामत गरेको छ । भट्टराईको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

