
पूर्णपुष्टि सम्बाददाता
४ चैत्र, २०८२ । उदयपुर
खोटाङमा आज हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा 9 N AFQ Dainestic Airko हेलिकोप्टर दुर्घटनामा परेको हो । गाउँपालिकाका अध्यक्ष समीर राईका अनुसार काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएको जनाइएको छ । अध्यक्ष राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
