
पूणर्पुष्टि, कार्तिक ७
धनकुटा चौबिसे गाऊपालकिा ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाई बेपत्ता बनाएको छ । आज बहिान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वेपत्ता भएको भन्ने जानकारी पाए लगतै अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरीको टोली र स्थानयिबासीहरुको सहयोगमा खोजतलास भईरहेको छ । सो स्थान अस्थाई प्रहरी बिट मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।
