
पुर्णपुष्टि, पुष १५
सवारी दुर्घटना हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका–१ डुम्रेपानीमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक स्थानीय २६ बर्षीय राजन नेपालीको मृत्यु भएको हो ।
आज बिहान साँढे ३ बजे को ७ त ४७२७ नम्बरको ट्याक्टर पार्किङ गरेर राखेको अवस्थामा सह–चालकले चलाएर लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्घटना हुँदा ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा सह–चालक नेपाली गम्भिर घाईते भएका थिए । घाईतेलाई स्थानीय मेडिलकमा उपचार गरी थप उपचारको लागी सुबिधा सम्पन्न अस्पतालमा लैजाने क्रममा आज बिहान साँढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
