
पूर्णपुष्टि सम्बाददाता, जेठ ११ ।
गणतन्त्र दिवसको अवसरमा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरले आगामी १५ र १६ गते गाईघाटमा जिल्ला स्तरीय त्रियुगा मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । त्रियुगा नगरपालिकाकाे सहयाेगमा आयोजकले पुरुष डबल्स ए, पुरुष डबल्स बी र महिला खुल्ला प्रतियोगिता गरी तीन इभेन्ट्सको खेल गर्ने भएको अध्यक्ष किसन राईले जानकारी दिनुभयो ।
१४ गते मध्यन्हसम्ममा नाम दर्ता गराउन भन्दै सुचना जारी गरेको संघले आयोजनाको तयारी थालिसकेको जनाएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा जिल्लाको सबै पालिकाका खेलाडीलाई सहभागिताका लागि सुचना गरिएको जनाइएको छ । महिलाहरुलाई पनि खेलमा प्रोत्साहन गर्ने उद्देश्यले खुल्ला महिला प्रतियोगितासमेत राखिएको जनाइएको छ ।
