
२४ भदौ, २०८३ । उदयपुर
गतवर्ष जेन्जी आन्दोलनमा आजकै दिन तोडफोड भएको उदयपुरको सदरमुकाम गाईघाट, विपीचौकस्थित स्वर्गीय बिपी कोइरालाको प्रतिभा पुनःस्थापना गरिएको छ ।
आज एक समारोहकाबीच स्व. विपी कोइरालाको अर्धकदको सालिक पुनःस्थापना गरिएको हो । त्रियुगा नगरपालिकका मेयर बसन्त बस्नेत लगायत नेपाली काङ्ग्रेसका नेताहरुले पुनःस्थापित सालिकमा माल्यार्पण गरे ।
जेनजी आन्दोलन भड्किएसंगै गतवर्षको भदौ २४ गते साँझ त्यहाँको सालिक तोडफोड गरी हटाइएको थियो ।
उनको सालिक हटाएर पृथ्वीनारायण साहको तस्बिर राखिएको थियो । त्यसको भोलीपल्ट पृथ्वीनारायण साहको तस्बिर पछि हटाइपछि विपीचौक सालिकविहिन अवस्थामा थियो ।
उक्त ठाउँमा २०८१ कार्तिक २४ गते नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले विपीको शालिक अनावरण गरेपछि चौकको नामाकरण विपीचौक भएको थियो ।
