Wednesday, April 29News That Matters

गर्मीका कारण त्रियुगाका विद्यालयहरु २ दिन बन्द गरिने

पूर्णपुष्टि, जेष्ठ २८ । उदयपुरको त्रियुगा नगरपालिका भित्रका सबै विद्यालयहरु गर्मीका कारण २ दिन बन्द गरिने भएको छ । त्रियुगा नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै बिहिबार र शुक्रबार सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

सुचनामा भनिएको छ ‘गर्मीको कारण बिध्यार्थिहरुको पठनपाठन लगायत गतिविधिमा कठिनाइ भएको तथा उनिहरुको स्वास्थ जोखिमलाई मध्य नजर गर्दै नगरपालिका क्षेत्रका सबै बिध्यालयको पठनपाठन दुई दिनकोलागि बन्द गर्न÷गराउन जानकारी गराईन्छ । गर्मीका कारण दिईएको बिदा पछी बिध्यालयको बर्खे बिदाबाट कट्टा गरिने सुचनामा उल्लेख छ ।