Tuesday, June 2News That Matters

गाँजासहति देवानगंजबाट १ जना पक्राउ

बिराटनगर,असार २० 

सुनसरीको देवानगंजबाट गाँजासहति १ जना पक्राउ परेको छ । देवानगंज–३ पाचौ सिमरबाट लागुऔषध गाँजा सहित चुनिलाल सरदार पक्राउ परेको हो ।

हिजो दिउसो १ बजे को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा आटोमा लुकाई छिपाई राखीएको १८ केजी गाँजा बरामद गरी देवानगंज–३ का ४३ बर्षीय चालक सरदारलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।