
पूर्णपुष्टि, असार १२
बागलुङको एक वडाका वडाध्यक्ष गाँजासहित पक्राउ परेका छन् । निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेको हो ।
घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खेटका प्रहरी टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडाध्यक्ष घार्तीलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको धुलोलाई ल्याब परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
